चन्द समूहका जिल्ला नेता पक्राउ
समाधान संवाददाता
२०७७ साउन ३२ गते १२:१९

डाेटी, रासस ।
नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा उहाँलाई बडिकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बोहरालाई एनसेल टावरमा आगजनि र क्षति लगायतका गतिबिधि गरेको भन्ने उजुरीका आधारमा हामीले खोजी गरिरहेका थियौँ, बिपिनगरमा फेला परेपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।”
पक्राउ परेका बोहरासँग एनसेलमा गरिएको क्षतिलगायत अन्य गतिबिधिका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।
सम्बन्धित







निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको दायित्व : मुख्यमन्त्री पाण्डे
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया