पेट्रोल र डिजलको भाउ बढ्यो
समाधान संवाददाता
२०७७ साउन ३२ गते १८:०९
समाधान संवाददाता, पोखरा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आइतबार राति १२ बजेबाट लागू गर्ने गरी पेट्रोल, डिजल र मट्टितेलमा १÷१ रुपैयाँका दरले मूल्य बढाएको हो ।
मूल्य बढेसँगै पेट्रोलको नयाँ मूल्य १ सय ५ रुपैयाँ २५ पैसा पुगेको छ । साउन १८ गते निगमले पेट्रोल, डिजलमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।
डिजल र मट्टितेलको नयाँ मूल्य ९१ रुपैयाँ कायम हुने भएको छ । खाना पकाउने ग्यासको मूल्य बढेको छैन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया