क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवन, रासस ।
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पतालसमेत निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।
अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवा सम्बन्धित विभागको ओपिडिबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।
क्यान्सर अस्पतालमा कार्यरत सात नर्स र तीन सहयोगीलाई कोरोना पोजेटिभ देखिएको छ भने अस्पतालमा उचार गराएका सात बिरामी सङ्क्रमित भेटिएका छन् ।
“बिरामीलाई कोभिड–१९ पुष्टि हुँदा हामीले निरन्तर सेवा प्रवाह गरिरहेका थियौँ”, निर्देशक गौतमले भन्नुभयो, “उपचारमा संलग्न नर्स नै सङ्क्रमित भएपछि सेवा बन्द गर्न बाध्य भएका हौँ ।”
उहाँले दुई÷तीन दिनभित्र सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ परीक्षण गरेर सेवा पुन सञ्चालनसम्बन्धी निर्णय लिइने बताउनुभयो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया