क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवन, रासस ।
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पतालसमेत निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।
अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवा सम्बन्धित विभागको ओपिडिबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।
क्यान्सर अस्पतालमा कार्यरत सात नर्स र तीन सहयोगीलाई कोरोना पोजेटिभ देखिएको छ भने अस्पतालमा उचार गराएका सात बिरामी सङ्क्रमित भेटिएका छन् ।
“बिरामीलाई कोभिड–१९ पुष्टि हुँदा हामीले निरन्तर सेवा प्रवाह गरिरहेका थियौँ”, निर्देशक गौतमले भन्नुभयो, “उपचारमा संलग्न नर्स नै सङ्क्रमित भएपछि सेवा बन्द गर्न बाध्य भएका हौँ ।”
उहाँले दुई÷तीन दिनभित्र सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ परीक्षण गरेर सेवा पुन सञ्चालनसम्बन्धी निर्णय लिइने बताउनुभयो ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया