फेवाबाट जलकुम्भी झिकियो

समाधान संवाददाता २०७७ साउन ३२ गते २०:३६

समाधान संवाददाता
पोखरा, ३२ साउन

Advertisement

निरन्तरको वर्षाले फेवातालमा जम्मा भएको जलकुम्भी मेसिनको प्रयोग गरेर निकालिएको छ ।

फेवातालको मुहान हर्पन खोलाले बगाएर ल्याएको जलकुम्भी आइतबार झिकिएको वडा नम्बर ६ का वडासदस्य हरिकृष्ण पहारीले जानकारी दिए ।

Advertisement

‘आज त्यहाँबाट १ ट्रक जति जलकुम्भी निकाल्यौं । अब निरन्तर सरसफाइ हुन्छ,’ उनले भने ।

मेसिन बिग्रिएर जलकुम्भी झिक्नलाई प्रयोग भएको थिएन । अहिले मेसिनमा भएको समस्या समाधान गरेर पुनः प्रयोग थालिएको वडासदस्य पहारीले जानकारी दिए ।

Advertisement

पानी परेपछि हर्पन खोलाले सधैं फेवातालमा जलकुम्भी बगाएर ल्याउने गरेको छ ।

मान्छेले सफा गर्दा समय लाग्ने र खर्च पनि बढी हुने भएपछि तत्कालीन पोखरा लेखनाथ महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले मेसिन किन्ने निर्णय गरेको थियो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा जलकुम्भी झार निकाल्ने मेसिन ल्याएको थियो ।

तपाईको प्रतिक्रिया