नेलम्बो नेपालद्वारा विपन्नलाई सहयोग

समाधान संवाददाता २०७७ भदौ १ गते ६:५७

श्रीभद्र पौडेल
हेमजा

Advertisement

नेलम्बो नेपालले पोखरा २८ कालिकास्थान र माझठानामा दोस्रो चरण अन्र्तगत खाद्य राहात सामग्री तथा स्वास्थ्य सुरक्षाका सामग्री शनिबार वितरण गरेको छ ।

संस्थाले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि उक्त सामग्री वितरण गरेको हो ।वडाका अति विपन्न, असक्त, असाहाय, दैनिक ज्यालादारी मजदुरलाई सामग्री वितरण गरिएको हो ।जस अन्र्तगत खाद्य राहाततर्फ चामल, दाल, तेल, सोयाविन, नुन र सरसफाईको लागि डिटोल साबुन उपलब्ध गराइएको छ ।

Advertisement

कालिकास्थानका ५० र माझठानाका ५० गरी जम्मा एक सय परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो । सोही क्रममा स्वास्थ्य सुरक्षाका सामग्री पिपिई, फेस सिल्ड क्याप, ज्वरो नाप्ने थर्मल गन, केएन ९५ माक्स, सेनिटाइजर, डिस्पोजेबल पञ्जा पनि वितरण गरिएको छ । २ लाख ३४ हजार रुपैयाँ बराबरका सामग्री वितरण गरिएको नेलम्बोले जनाएको छ ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछानेले नेलम्बोले छोटो समयमा सम्बन्धीत स्थानमै पुगी धेरै सहयोग उपलब्ध गराएको बताए ।

Advertisement

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले कोरोना भाइरसको जोखिम दिनानुदिन बढ्दै गएकाले त्यससँग थप सजक हुनुपर्नेमा जोड दिए । उनले वितरण गरिएका सबै स्वास्थ्य सामग्रीको उचित प्रयोग गर्नुपर्ने आवश्यकता समेत औँल्याए ।

वडाध्यक्ष निर्मल दियालीले नेलम्बो नेपालले विषम परिस्थितिमा गरेको सहयोगले वडाका गरिव, विपन्न मजदुरलाई थप राहात पुग्ने र उपलब्ध गराईएका स्वास्थ्य सामग्रीले यो महामरीमा खटिएका स्वास्थ्य सुरक्षाकर्मीलाई थप उर्जा प्रदान गर्ने भनाई राखे । त्यस्तै उनले नेलम्बो नेपालले विभिन्न स्थानमा गरेको सहयोग आफूले विभिन्न सञ्चार माध्यम मार्फत थाहा पाएको र आज आफूमाँझ आएर सहयोग पाउँदा गौरव भएको पनि उल्लेख गरे ।

नेलम्बोका अध्यक्ष देवकोटा, उपाध्यक्ष सरोज कोइराला, कार्यक्रम संयोजक डा. किसन कोइराला, जनसम्पर्क सुपरिवक्षेक भिमप्रसाद भण्डारी लगायतको टोलीले सामग्री प्रदान गरेको हो । यसैबीच नेलम्बोले पोखरा–११, काँहुका पहिरो पीडित संगीता परियार र प्रेम क्षेत्रीको परियारलाई पनि आइतबार सहयोग गरेको छ । उनीहरुलाई एक÷एक थान त्रिपाल १ हजार ५ सय बराबरका खाद्य सामग्री प्रदान गरिएको हो । वडा सदस्य जंगबहादुर हमाल ठकुरी र पत्रकार दामोदर आचार्यको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हाे ।

तपाईको प्रतिक्रिया