स्याङ्जामा रेडक्रसद्वारा माक्स वितरण

समाधान संवाददाता २०७७ भदौ १ गते ७:००

समाधान संवाददाता
स्याङ्जा

Advertisement

समुदायमा कोरोनाको महामारी फैलिरहँदा स्याङ्जामा कोरोनाबाट बच्न र बचाउन सर्जिकल माक्स वितरण गरिएको छ ।

जिल्ला सदरमुकाम भित्र माक्स नलगाई हिड्ने पैदलयात्री, व्यापारी, बिरामीलाई जिल्ला रेडक्रस सोसाइटीको पहलमा पुतलीबजार नगरपालिका वडा १ को रेडक्रस उपशाखाले एक हजार २ सय ३३ थान सर्जिकल माक्स वितरण गरेको हो ।

Advertisement

उपशाखाले रेडक्रस, प्रसासन, प्रहरीसँग समन्वय गर्दै नगरपालिकाको अभियानपथ, सहिदचोक, रेडियो चोक, ट्याक्सी चोक, चौकीमा पुगेर आफ्नै खर्चमा माक्स वितरण गरेको हो ।

बजार भित्र माक्स नलगाई हिड्ने तथा व्यापार गर्ने सबैलाई निशुल्क माक्स वितरण गरेको बताउदै रेडक्रस जिल्ला शाखाँका मन्त्री दिनेश अर्यालले अबका दिनमा माक्स नलगाउनेलाई प्रसासन र प्रहरीसँग समन्वय गर्दै कारवाही गरिने बताए । गत जेठ १३ गते पहिलो पटक कोरोना संक्रमण देखिएको स्याङ्जामा २ सय ९९ मा कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

संक्रमितमध्ये ८१ जनामा जिल्ला भर समुदायमा संङक्रमण देखिएकोमा पुतलीबजार १ मा ४३ र वडा नं १३ मा २० गरी ६३ मा जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए । यहाँ संक्रमित मध्ये २ सय ५६ जना निेको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया