कस्तो होला पोखराको निषेधाज्ञा ?

समाधान संवाददाता २०७७ भदौ १ गते ८:०२

समाधान संवाददाता

Advertisement

पोखरामा सम्भवत आजै रातीबाट लागु हुने गरी निषेधाज्ञा जारी हुनेछ । आइतबार बसेको सर्बदलीय बैठकले पोखरा महानगरपालिकालाई कम्तिमा एक हप्ताका लागि कडा खालको निषेधाज्ञा जारी गर्न सुझाव दिएसँगै पोखरा महानगर पालिका सोही बाटोमा हिड्ने प्राय निश्चित छ । यसैका लागि अहिले पोखरा महानगरपालिकामा बैठक बसिरहेकाे छ ।

अब घोषणा हुने निषेधाज्ञा कस्तो होला ? आम सर्बसाधारणको चासोको विषय बनेकोछ । आइतबार राजनैतिक दलको दिएको सुझाव अनुसार निर्णय गर्ने हो भने त पुरै कर्फ्यू आदेश जारी गर्नु पर्ने खालको निषेधाज्ञा जारी गर्नु पर्नेछ ।

Advertisement

दलका स्थानीय नेताहरु कोरोना भाइरस सुमदायमा फैलिसेको निस्कर्षमा पुगेका छन् । यस्तो निस्कर्ष स्वयं महानगरका मेयर मानबहादुर जिसीको पनि छ ।

जसरी विरगञ्जमा कोरोना समुदायमा फैलिएपछि कोरोना संक्रमित त के अन्य रोगका विरामीले समेत औषधी नपाएर मर्नु पर्ने अवस्था सृजना भएको छ । पोखरा पनि यही हालत हुन सक्छ भन्ने त्रासमा स्थानीय नेतृत्व छ ।

Advertisement

यति हुँदा हुँदै पनि निषेधाज्ञा जारी गर्दैमा यो भाइरस नियन्त्रण हुन्छ भन्ने पनि छैन । विश्वका कैयौंं देशको उदाहरण हेर्न सकिन्छ । लकडाउनले देशको अर्थतन्त्र ध्वस्त हुने तर भाइरस नियन्त्रण नहुने स्थिति पनि देखिएकै छ ।

फेरि पोखरा भन्दा राजधानी काठमाण्डौमा धेरै संक्रमित देखिएका छन् । तर राजधानीमा पुरै निषेधाज्ञा जारी भएको छैन् ।

पोखरा गण्डकी प्रदेश सरकारको राजधानी पनि हो । गण्डकीका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले केही दिन अघि अब पहिले जस्तो लकडाउन गर्ने सम्भावना नरहेको बताएका थिए । देशको अर्थतन्त्र ध्वस्त पारेर लकडाउन गर्ने पक्षमा आफु नरहेको उनको प्रतिकृया थियो ।

मुख्यमन्त्रीले यसो भने पनि उनी निषेधाज्ञा जारी गर्नै नहुने भन्ने पक्षमा भने छैनन् । जहाँ बढी समस्या देखिएको छ, त्यहाँ सिल गरेर पिसिआर परीक्षण बढाउने उनको योजना छ ।

यसो भएपछि पोखरामा निषेधाज्ञा घोषणा हुने निश्चित छ ।

पोखरा महानगरका मेयर जिसीकै भनाई अनुसार पनि कम्तिमा तीज नसकुन्जेलसम्म निषेधाज्ञा जारी गर्नुको विकल्प छैन् । तीजमा बढी भिडभाड भयो भने यसले झनै विकराल रुप लिने सम्भावना छ । रेष्टुरेन्ट, पसल, सार्बजनिक यातायात आदीका कारण पनि कोरोना झनै तिव्र गतिमा फैलन सक्ने सम्भावना भएकै कारण निषेधाज्ञा जारी हुने निश्चित छ ।

बरु निषेधाज्ञा नै जारी गर्ने भएपछि एक हप्ता होइन, २ हप्ता कडै खालको निषेधाज्ञा जारी गरेर कोरोना भाइरसको बिस्तार रोक्नका लागि सुझाब दिनेहरुको लर्को ठुलो छ ।

यस्तोमा पोखरा महानगरपालिकमा अहिले बस्दै गरेको बैठकले के निर्णय गर्छ भन्ने आम चासोको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया