पोखराका भनिएका संक्रमित स्याङ्जाका

समाधान संवाददाता २०७७ भदौ १ गते १२:४८

समाधान संवाददाता, पोखरा

Advertisement

स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरामा साेमबार १ संक्रमित थपिएको जनायो । निर्देशनालयले भन्यो – ३० वर्षे ती पुरुष पोखरा १७ का हुन् ।

तर आज पोखरामा एक जना पनि संक्रमित नभेटिएको पोखरा महानगरपालिका स्रोतले जानकारी दिएको छ ।

Advertisement

स्रोतका अनुसार संक्रमित पुरुष स्याङ्जाका हुन् । ‘आज थपिनुभएका संक्रमित स्याङ्जाको फेदीखोला गाउँपालिकाको हुनुहुन्छ । पोखरा १७ को होइन । गाउँपालिकामा खबर गरिसक्यौं,’ महानगर स्रोतले भन्यो ।

संक्रमित पुरुषको घर फेदीखोला ३ खड्केटारी हो । गत ३१ साउनमा पोखरा चाउथेस्थित एक सोरुमका ४ कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

Advertisement

सोरुममा काम गर्ने भएकाले उनी संक्रमितको सम्पर्कमा थिए । उनी स्याङ्जाबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आएर स्वाब दिएका थिए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खिलप्रसाद पौडेलका अनुसार उनी घरबाटै पोखरा आउजाउ गर्ने गरेका छन् । त्यसपछि उनी गाउँ फर्किएर स्थानीय सिद्धार्थ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका छन् ।

उनलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । स्याङ्जामा मंगलबार ती पुरुषसहित अरु २ जनामा संक्रमण पुष्टि भएको छ । दुवै संक्रमित वालिङ नगरपालिकाका हुन् ।

तपाईको प्रतिक्रिया