आफ्नै शिशुको हत्या अभियोगमा महिला पक्राउ
समाधान संवाददाता
२०७७ भदौ १ गते २१:४३

समाधान संवाददाता, पोखरा
आफ्नै नवजात शिशुको हत्या अभियोगमा कास्की प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।
तनहुँ व्यास नगरपालिका ६ घर भई कास्कीको रुपा गाउँपालिका ४ खाल्टे बस्दै आएकी ३३ वर्षीया रिता मल्ल सिंहलाई घटनाको ५ दिनपछि पक्राउ गरेको हो ।
साउन २७ गते दिउँसो पौने २ बजे रुपा ३ स्थित टाकान्जामा नवजात शिशुको शव फेला परेको थियो । शव फेला परे लगत्तै अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकको टोलीले साउन ३२ गते मात्र सिंहलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी सिंह विरुद्ध ज्यानसम्बन्धी कसुर अन्तर्गत मुद्दामा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।
घटनाउपर थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए ।
सम्बन्धित









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया