दुर्गा भण्डारी प्रेस काउन्सिलको कावा अध्यक्ष

समाधान संवाददाता २०७७ भदौ १ गते २२:५०

पाेखरा

Advertisement

पोखराकी पत्रकार एवं कानुन व्यवसायी दुर्गा भण्डारी प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा नियुक्त भएकी छन् ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठलाई हटाएर भण्डारी जिम्मेवारी दिएको हो। श्रेष्ठ काउन्सिलको सदस्यमा भने यथावत छन् ।

Advertisement

काउन्सिलको नियमावली संशोधन गरेर केही दिनअघि मात्र नियुक्त भएकी भण्डारीलाई जिम्मेवारी दिइएको छ।

अध्यक्षमा नियुक्त भवानी बरालविरुद्ध मुद्दा परेपछि श्रेष्ठले कार्यवाहक भएर काम गर्दै आएका थिए ।

Advertisement

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त गरेका हुन् । काउन्सिलकाे सदस्यमा भण्डारी सहित अर्का पत्रकार दिपक पाण्डे पनि नियुक्त भएका थिए ।

पोखरामा लामो समय पत्रकारिता र पछिल्लो समय कानुन व्यवसायीका रुपमा स्थापित भण्डारी यो क्षेत्रबाट काउन्सिलमा प्रतिनिधित्व गर्ने पहिलो महिला हुन् ।

नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य र प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको सचिव समेत भइसकेकी भण्डारीले विभिन्न पत्रपत्रिकामा आर्टिकल लेख्दै आएकी छन् ।

भण्डारीका पति पुण्य पाैडेल लामाे समयदेखि पत्रकारितामा क्रियाशील छन् ।

तपाईको प्रतिक्रिया