नेतृत्व मञ्च पाेखराकाे प्रवक्तामा पौडेल

समाधान संवाददाता २०७७ भदौ २ गते ६:१४

समाधान संवाददाता
पोखरा

Advertisement

नेतृत्व मञ्च, पोखराको प्रवक्तामा प्रतिमा पौडेल चयन भएकी छन् । मञ्चका सदस्यहरुको विशेष भर्चुअल भेला र त्यसपछि बसेको संयोजन समितिको भर्चुअल बैठकले पौडेललाई प्रवक्तामा चयन गरेको संयोजक आरोग्यमोहन काफ्लेले बताए

मञ्चको वडा नं. ९ संयोजक समेत रहेकी पत्रकारिता तथा आमसञ्चारकी विद्यार्थी पौडल प्रवक्ता चयन भएकी हुन् । उनीे लेक सिटी कलेजमा स्नातक तह पहिलो वर्षकी विद्यार्थी हुन् ।

Advertisement

उनी तत्कालीन नगर बाल मञ्च, पोखराको कार्यसमिति सदस्य हुन् । उनीसँग चिल्ड्रेन नेपाल संस्था अन्तर्गतको युवा क्लबको सचिव, राइट फर चिल्ड्रेन संस्थामा आबद्व भई बालबालिकाको हकहित सम्बन्धी मिलिजुली बोलौं नामक रेडियो जनचेतनामूलक कार्यक्रम सञ्चालनको अनुभव छ ।

पौडेलले नेतृत्व मञ्च पोखराद्वारा गत वर्ष आयोजित ‘नमुना नेतृत्व संसद कार्यशाला’ मा गृहमन्त्रीको भूमिका समेत निर्वाह गरेकी थिइन् ।

Advertisement

उनले अब विभिन्न विषयहरुमा मञ्चको तर्फबाट आधिकारिक धारणा राख्ने, बैठकको निर्णय र कार्यक्रमको विवरण सार्वजनिक गर्ने, प्रेस विज्ञप्ति जारी गर्ने, पत्रकार सम्मेलन आह्वान गर्ने लगायतका कार्यहरु गर्नेछिन् ।

त्यसैगरी मञ्चले संयोजन समिति सदस्यमा हाल मञ्चको वडा नं. ३३ संयोजक सुवास अधिकारी, मञ्चकी वडा नं. १७ संयोजक दीपा भण्डारी र मञ्चका सक्रिय सदस्य औषत पौडेललाई चयन गरेको छ।

त्यस्तै, मञ्चले वडा नं. २ संयोजकमा भानुभक्त लम्साल र वडा नं. २६ संयोजकमा आकृति ढुंगानालाई चयन गर्ने निर्णय गरेको छ ।

मञ्चले अहिले सम्म गरेका कार्यहरुको बारेमा गम्भीर समीक्षा गर्दै आगामी दिनमा संस्थालाई एउटा नयाँ उचाईमा पुर्याउनका निम्ति केही कार्ययोजना र रणनीति समेत तय गरेको छ ।

मञ्चले सदस्यता विस्तार अत्यन्तै स्तुतीय भए पनि सबै वडामा वडा संयोजक चयन नभएकाले संगठन विस्तारमा अझै गति नआएको निस्कर्ष निकालेको छ ।


कोरोना महामारीले निम्त्याएको बन्दाबन्दी र अनिश्चितताको कारणले गर्दा पनि पूर्व निर्धारित संगठन विस्तारका अभियानहरु स्थगन भएको थियो ।

संगठन विस्तारमा तीव्रता ल्याउन स्थिति सामान्य हुने बित्तिकै वडा वडामा नेतृत्व मञ् नामक संगठन विस्तार अभियान सञ्चालन गरिने संयोजक काफ्लेले बताए ।

अभियानबारे कार्ययोजना निर्माण गर्न संगठन विभाग प्रमुख सन्देश विकको नेतृत्वमा संगठन विस्तार एवं लक्ष्य हासिल अभियानको खाका निर्माण कार्यदल गठन गरिएको छ ।

नेतृत्व मञ्च, पोखरा स्थापना भएको आगामी असोज २४ गते एक वर्ष पूरा हुँदैछ ।

तपाईको प्रतिक्रिया