गाेठमै आएर चितुवाले गर्याे वृद्धमाथि आक्रमण
समाधान संवाददाता
२०७७ भदौ २ गते ६:३४

समाधान संवाददाता
स्याङ्जा
वालिङ नगरपालिका ११ स्वरेक टापुमा चितुवाको आक्रमणबाट एक बृद्ध घाइते भएका छन् । चितुवाको आक्रमणबाट ६७ वर्षीय खगेश्वर पंगेनी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर नजिकै रहेको गोठमा ब्याएको भैसी कुरेर बसिरहेको अवस्थामा सोमबार बृद्ध पंगेनीलाई चितुवाले आक्रमण गरेको हो ।
चितुवाको आक्रमणबाट घाइते पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
चितुवालले भैसी, गाई, बाख्रालाई आक्रमण गरेर क्षति पुर् याए पनि मान्छेमाथि आक्रमण पहिलो हो ।
फाइल फाेटाे
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया