गाेठमै आएर चितुवाले गर्‍याे वृद्धमाथि आक्रमण

समाधान संवाददाता २०७७ भदौ २ गते ६:३४

समाधान संवाददाता
स्याङ्जा

Advertisement

वालिङ नगरपालिका ११ स्वरेक टापुमा चितुवाको आक्रमणबाट एक बृद्ध घाइते भएका छन् । चितुवाको आक्रमणबाट ६७ वर्षीय खगेश्वर पंगेनी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकै रहेको गोठमा ब्याएको भैसी कुरेर बसिरहेको अवस्थामा सोमबार बृद्ध पंगेनीलाई चितुवाले आक्रमण गरेको हो ।

Advertisement

चितुवाको आक्रमणबाट घाइते पंगेनीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

चितुवालले भैसी, गाई, बाख्रालाई आक्रमण गरेर क्षति पुर्‍ याए पनि मान्छेमाथि आक्रमण पहिलो हो ।

Advertisement

फाइल फाेटाे

तपाईको प्रतिक्रिया