पाेखरामा १५ सहित गण्डकीमा २५ संक्रमित थपिए

समाधान संवाददाता २०७७ भदौ २ गते ६:५२

समाधान संवाददाता

Advertisement

मंगलबार विहान र साेमबार राती गरेर पाेखरा महानगरपालिकामा १५ जना सहित गण्डकी प्रदेशमा २५ जना नयाँ काेराेना भाइरस स‌क्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार विहान थपिएका ४ जना मध्ये २ जना पाेखरा महानगरपालिका वडा नम्बर ६ का २३ र २८ बर्षिय पुरुष छन् भने २ जना महिलाकाे ढेगाना नै खुलेकाे छैन् ।

Advertisement

त्यस्तै साेमबार राती पोखरा महानगरमा  ११  जनामा कोरोना भाइरस पुष्टि भएको हाे ।

निर्देशनालयका अनुसार पाेखरा महानगरका ४, ७, ९, १६, १७, २७ र ३० नं. वडाका  बासिन्दामा संक्रमण देखिएकाे छ । १० वर्षीय बालक देखि ८७ वर्ष उमेरका पाकासम्म संक्रमित भएका छन् ।

Advertisement

त्यसैगरी मंगलबार विहान गण्डकी प्रदेशका नवलपुरमा २ जना र बाग्लुङमा २ जनामा काेराेना भाइरस संक्रमण पुष्टी भएकाे छ ।

भने सोमबार राति स्याङजा, बागलुङ, लमजुङ र नवलपुरका १-१ पुरुष तथा तनहुँका २ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६४ पुगेको छ ।

तपाईको प्रतिक्रिया