नर्सिङ क्याम्पसको हातामा नेपाल बैंकको काउन्टर

समाधान संवाददाता २०७७ भदौ २ गते ६:५०

समाधान संवाददाता
पोखरा

Advertisement

पोखरा नर्सिङ क्याम्पस हातामा नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको उक्त क्याम्पसमा सिटी अफिस पोखरा शाखाबाट सञ्चालन हुने गरी उक्त काउन्टर सञ्चालनमा आएको हो ।

क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले नेपाल बैंकको कार्य सञ्चालनबाट प्रभावकारी भएकै कारण क्याम्पस हातामा काउन्टर सञ्चालनमा ल्याएको बताइन् । बैंकको प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विनयकेशरी पौड्यालले त्रिभुवन विश्वविद्यालय र नेपाल बैंक लिमिटेडको वर्षौंदेखिको सम्बन्धका बारेमा चर्चा गरे ।

Advertisement

कार्यक्रममा बैंकको सिटी अफिस पोखरा शाखाका प्रबन्धक दिलीपबहादुर थापाले बैंकबाट प्रदान हुने सेवा सुविधाको गुणस्तरमा अत्याधिक महत्व दिइने बताए ।

क्याम्पसका आर्थिक प्रशासन प्रमुख पुष्पराज पौड्यालले ढिला भए पनि नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे ।

Advertisement

हाल क्याम्पसकै कोठाबाट काउन्टर सेवा सञ्चालन हुने भए निकट भवियमा बैंक आँफैले काउन्टर निर्माण गरी थप सेवा सुविधा प्रदान गर्ने दुवै पक्षबीच सहमति भएको छ । कार्यक्रम सञ्चालन सिटी अफिस पोखराका सहायक प्रबन्धक अमृत सुवेदीले गरेका थिए ।

तपाईको प्रतिक्रिया