४२ सशस्त्र प्रहरीमा काेराेना संक्रमण
समाधान संवाददाता
२०७७ भदौ २ गते ७:२६
चितवन, रासस ।
समुदायमा फैलिसकेकाे काेराेना भाइरसबाट चितवन जिल्लामा सशस्त्र प्रहरीका ४२ जनामा संक्रमण पुष्टि भएको छ।
पूर्वीचितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार राति गरिएको परीक्षणमा २ महिलासहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित सशस्त्र प्रहरी मध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको छैन् ।
यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो।
फाइल तस्विर
सम्बन्धित
तपाईको प्रतिक्रिया