साथीकाे छाेरीलाई याैन दुर्व्यवहार गरेकाे आराेपमा गोरखा सैनिकलाई साढे दुई वर्ष कैद

लण्डन, रासस ।
बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ ।
बेलायतको स्वीइन्डेन एडभर्टाइज नामक पत्रिकाले ४४ वर्षीय विनोद राईलाई ब्रिस्टोल क्राउन कोटले सजाय सुनाएको उल्लेख गरेको छ ।
राईले आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपलाई अदालतसमक्ष स्वीकारेका भने थिएनन् । गत वर्षको १९ जुलाइमा आफ्ना बच्चाहरू स्थानीय रेल स्टेशनबाट घर ल्याउने क्रममा उनीहरूसँगै १३ वर्षभन्दा सानो उमेर मात्र उल्लेख गरिएकी ती बालिकालाई पनि साथमा ल्याएका थिए ।
आफ्ना बच्चाहरू घरमा ल्याएर छाडेपछि राई आफ्नो सिटबाट उठेर कहिलेकाहीँ मात्र खोलिने गाडीको ढोका खोलेर बालिकालाई गाडीको सिटमा ढल्केर बस्न भनी उनको वक्षस्थल छोएको उल्लेख छ ।
बालिकाका अभिभावकले राईसँगै आफ्नो बच्चालाई घरमा ल्याइदिन अनुमतिसमेत नदिएका बताएका छन् ।
घटना योजनाबद्ध नभए पनि राईले गरेको काममा खराब नियत देखिएको न्यायाधीशले उल्लेख गर्नुभएको छ ।
राईको यस घटनाअघि चरित्रमा राम्रो रहेको र देशका लागि काम गरे पनि अब यसले गर्दा उनले आफ्नो पद र बस्दै आएको घर गुमेको छ ।








अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया