तनहुँकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

अनुप आत्रेय, पोखरा
पोखराको हस्पिटलचोक स्थित कास्की सेवा हस्पिटलमा उपचाररत महिलाको मृत्यु भएको छ । ५० वर्षीया ती महिलाको सोमबार राति मृत्यु भएको पोखरा महानगरपालिका स्रोतले बतायो ।
मृत्युपछि मंगलबार बिहान उनमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको छ । मृतक महिलाको घर तनहुँको व्यास नगरपालिका १ हो । उनको स्वाब भने पहिल्यै संकलन गरिएको थियो ।
साउन ३२ गते उपचारका लागि छोरीसहित पोखरा आएकी ती महिलाको गए राति मृत्यु भएको हो । स्रोतका अनुसार उनकी २५ वर्षकी छोरीमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
‘उनीहरु काठमाडौं जान खोजेका रहेछन् । पिसिआर गराएर जाँदा राम्रो हुन्छ भनेपछि चेक गर्दा पोजेटिभ आयो । आमाको गए राति अस्पतालमा मृत्यु भएछ,’ स्रोतले भन्यो ।
उनको आइतबार स्वाब संकलन गरिएको थियो । ती महिलामा मुटु र सुगरको समस्या रहेको स्रोतले जानकारी दियो । उनको शव नेपाली सेनाले पोखरा ३२ मजुवा नजिकै घाटमा व्यवस्थापन गर्नेछ ।
योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि मृत्यु हुनेमा स्याङ्जाका २, बागलुङ, कास्की र गोरखाका १/१ जना छन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया