नवलपरासीका कांग्रेस जिल्ला उपसभापतिको कोरोना संक्रमणका कारण मृत्यु
समाधान संवाददाता
२०७७ भदौ २ गते ११:१०
पाेखरा
नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले असार २९ गते मात्रै गिरीलाई जिल्ला उपसभापतिमा चयन गरिएकोमा मंगलबार दुस्खद निधन भएको उल्लेख गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया