पाेखरामा काेराेनाले एकैदिन २ जनाकाे ज्यान लियाे

समाधान संवाददाता २०७७ भदौ २ गते ११:१५

समाधान संवाददाता

Advertisement

पाेखरामा काेराेना भाइरसका कारण थप २ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउनेमा एक जना पाेखरा महानगरपालिका १६ का र १ जना तनहुँ ब्यासका बासिन्दा हुन् ।

पाेखराकाे वडा नम्बर १६ दिपमा बस्ने ८७ बर्षका पुरुषकाे आज विहानपख र तनहुँ ब्यासकी ५० बर्षीया महिलाकाे गएराती ज्यान गएकाे हाे ।

Advertisement

तनहुँकी ती महिला सेवा अस्पतालमा उपचाररत थिइन् भने पाेखराका पुरुष पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइशाेलेसन वार्डमा उपचाररत थिए ।

हेपाटाइटिस, नेमाेनिया, सुगर प्रेसर, मुटुकाे राेग लगायतका दिर्घ राेगबाट ग्रसित तनहुँकाे ५० बर्षीया ती महिलाकाे उपचार कै क्रममा गए राती निधन भएकाे थियाे ।

Advertisement

उनकाे स्वाब परिक्षण गर्दा काेराेना भाइरस पाेजिटिभ देखिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा‍ बिनाेद विन्दु शर्माले जानकारी दिएका छन् ।

ती महिलाकाे साेमबार विहान स्वाब संकलन गरेकाे र राती ९ बजे पाेजिटिभ नतिजा आएकाे निर्देशनालयले जनाएकाे छ ।

यसैगरी पोखरा १६ दिप बस्ने ८७ वर्षियकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे अस्पतालमा ज्यान गएकाे हाे ।

उनी २ दिन पहिला अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

याेसँगै गण्डकी प्रदेशमा काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ७ पुगेकाे छ ।

तपाईको प्रतिक्रिया