कास्कीकाे निषेधाज्ञा–खाद्यान्न सामाग्रीका पसल पनि विहान बेलुका मात्रै खोल्न पाइने

समाधान संवाददाता २०७७ भदौ २ गते १२:०३

समाधान संवाददाता

Advertisement

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कास्कीमा जारी गरिएको निषेधाज्ञा कडा पार्ने निर्णय भएको छ । राती १२ बजेदेखि कास्कीमा निषेधाज्ञा लाग्दैछ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा मंगलबा विहान बसेको सुरक्षा समितिको बैठकले अत्यावश्यक सेवा अन्तरगत पर्ने खाद्य सामाग्रीका पसल खोल्न पनि समय तोकेको छ ।

Advertisement

खाद्य सामाग्रीका पसल विहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइनेछ । अन्य समय बन्द गर्नु पर्नेछ ।

त्यस्तै बैंक तथा वित्तीय सस्थाका कार्यालय पनि बन्द गर्न भनिएको छ । सुरक्षा समितिको बैठकले बैंक तथा वित्तीय सस्थालाई एटिएमहरु सुचारु राख्न र डिजिटल भुक्तानीलाई पनि सहज बनाइदिन आग्रह गरेको छ ।

Advertisement

त्यस्तै सरकारी कार्यालयका सेवा पनि सबै बन्द गरिने भएको छ । अत्यावश्यक काम गर्ने सरकारी कार्यालय बाहेक अन्य सबै कार्यालय बन्द रहनेछन् ।

त्यस्तै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स, सञ्चारकर्र्मी बाहेकका सवारी साधान चल्न पनि प्रतिबन्ध लगाइएको छ ।

निषेधाज्ञा अवधिमा के गर्न पाइने के गर्न नपाइने भन्ने सुची सहितको समाचार पढ्न यहाँ क्लिक गर्नुहोला ,

तपाईको प्रतिक्रिया