जिल्ला अस्पताल स्याङ्जा एक हप्ता सिल

समाधान संवाददाता, स्याङ्जा
उपचार गराउन आएका कैदीमा कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल स्याङ्जा एक हप्तालाई सिल गरिएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उपचार गराउन आएका ६० वर्षे कैदीमा कोरोना पोजेटिभ देखिएकाले सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील मरासिनीले जानकारी दिए ।
अस्पतालका सबैको कन्ट्याक ट्रेसिङ र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला सिसिएमसीले सिल गर्ने निर्णय गरेको उनले बताए ।
स्वास्थ्यमा समस्या देखिएपछि ती कैदी गत शनिबार अस्पतालमा भर्ना भएका थिए ।
‘पहिल्यै शंका लागेको थियो तर कारागारमा कोही नजाने, जोखिम कम हुने भनेर उपचार ग¥र्यौं,’ मेसु डा. मरासिनीले भने, ‘पछि स्वाब पठाउँदा पोजेटिभ देखियो । अहिले अरु २/३ जना बिरामीलाई छुट्टै कोठामा राखेका छौं ।’
उपचार गर्नै पर्ने बिरामी आए पिपिइ लगाएरै भए पनि उपचार गरिने उनले जानकारी दिए ।
स्याङ्जामा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेका छ । तीमध्ये २७२ जना निको भएर घर फिर्ता भएका छन् भने २ संक्रमितको मृत्यु भएको छ ।








जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया