मास्क लगाउन आग्रह गर्दा स्याङ्जामा गार्ड कुटिए, कुट्नेले भने – हामी डन हो

समाधान संवाददाता, स्याङ्जा
स्याङ्जाको चापाकोटमा बैंकका सुरक्षा गार्ड कुटिएका छन् । चापाकोट नगरपालिका १ मा रहेको कृषि विकास बैंकका गार्डलाई चेक साट्न गएका सेवाग्राहीले कुटपिट गरेका हुन् ।
स्थानीय लालबहादुर थापा र अर्का व्यक्ति धनराज पौडेलले गार्डमाथि कुटपिट गरेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए । चेक साट्न आएका सेवाग्राहीलाई मास्क लगाउन आग्रह गर्दा कुटपुट गरेको उनले बताए ।
बैकका गार्ड डोलराजल श्रेष्ठ र बेदप्रसाद श्रेष्ठमाथि कुटपिट भएको हो । प्रजिअ क्षेत्रीका अनुसार गार्डले मास्क लगाउन आग्रह गर्दा कुटपिट गर्नेले ‘हामी यहाँको डन हो किन माक्स लगाउने’ भन्दै इट्टाले मुख र टाउकोमा हानेका हुन् ।
सुरक्षा गार्ड कुट्ने थापा र पौडेल फरार रहेको र खोजी भइरहेको प्रजिअ क्षेत्रीले जानकारी दिए । घाइतेमध्ये १ जनाको दाँत भाँचिएको छ भने अर्काको मुख र टाउकोमा चोट लागेको छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया