मास्क लगाउन आग्रह गर्दा स्याङ्जामा गार्ड कुटिए, कुट्नेले भने – हामी डन हो
समाधान संवाददाता, स्याङ्जा
स्याङ्जाको चापाकोटमा बैंकका सुरक्षा गार्ड कुटिएका छन् । चापाकोट नगरपालिका १ मा रहेको कृषि विकास बैंकका गार्डलाई चेक साट्न गएका सेवाग्राहीले कुटपिट गरेका हुन् ।
स्थानीय लालबहादुर थापा र अर्का व्यक्ति धनराज पौडेलले गार्डमाथि कुटपिट गरेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए । चेक साट्न आएका सेवाग्राहीलाई मास्क लगाउन आग्रह गर्दा कुटपुट गरेको उनले बताए ।
बैकका गार्ड डोलराजल श्रेष्ठ र बेदप्रसाद श्रेष्ठमाथि कुटपिट भएको हो । प्रजिअ क्षेत्रीका अनुसार गार्डले मास्क लगाउन आग्रह गर्दा कुटपिट गर्नेले ‘हामी यहाँको डन हो किन माक्स लगाउने’ भन्दै इट्टाले मुख र टाउकोमा हानेका हुन् ।
सुरक्षा गार्ड कुट्ने थापा र पौडेल फरार रहेको र खोजी भइरहेको प्रजिअ क्षेत्रीले जानकारी दिए । घाइतेमध्ये १ जनाको दाँत भाँचिएको छ भने अर्काको मुख र टाउकोमा चोट लागेको छ ।
तपाईको प्रतिक्रिया