एकै दिन हजारभन्दा बढी संक्रमित
समाधान संवाददाता
२०७७ भदौ २ गते १७:४८
समाधान संवाददाता
नेपालमा काेराेना संक्रमितका संख्याले नयाँ रेकर्ड बनाएकाे छ । पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो ।
यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । ११४ जनाको मृत्यु भएको छ भने १७ हजार ५८० जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एकएक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया