प्राधिकरणको स्थापना दिवसमा मास्क वितरण
समाधान संवाददाता
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवको अवसर पारेर प्राधिकरणकै आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियन पोखरा वितरण केन्द्र इकाई समिति र गण्डकी प्रदेश समितिले संयुक्तरुपमा ग्राहक र कर्मचारीलाई मास्क वितरण गरेका छन् ।
कार्यक्रमका प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख टेकनाथ तिवारी, पोखरा वितरण केन्द्र प्रमुख सुरेन्द्रकुमार साह र युनियनका नेताहरुको उपस्थिति थियो । प्राधिकरणको विराटनगर वितरण केन्द्रमा कार्यरत कर्मचारी सीताराम दाहालको कोरोना संक्रमणका कारण निधन भएकोमा उनको स्मृतिमा उक्त अवसरमा मौनधारण गरिएको थियो ।
कार्यक्रममा प्रादेशिक प्रमुख तिवारीले विषम परिस्थितिमा युनियनले चालेको कदम एकदमै सचेतना पूर्ण एवं उदाहरणीय रहेको बताए । प्रमुख तिवारीले सुरक्षित तरिकाले आलोपालो प्रणालीबाट सेवा प्र्र्र्रदान गर्न÷गराउन केन्द्र प्रमुख लगायत सम्पूर्ण कर्मचारीलाई अनुरोध गरे ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन पोखरा वितरण केन्द्र इकाइ समितिलाइ ५ सय थान मास्क प्रदान गरे । कार्यालयकै ज्यालादारी कर्मचारी केदारप्रसाद बरालले १ सय थान मास्क आधिकारिक ट्रेड युनियन राष्ट्रिय कार्मचारी युनियन पोखरा वितरण केन्द्र इकाई समितिलाई प्रदान गरेको सचिव सीता सिग्देलले बताइन् ।
तपाईको प्रतिक्रिया