प्रेस काउन्सिल अध्यक्ष नियुक्ती विरुद्ध सर्बाेच्चमा मुद्दा

समाधान संवाददाता
प्रेस काउन्सिल नेपालकाे कार्यबाहक अध्यक्षमा सरकारले गरेकाे नियुक्तीका विरुद्ध सर्बाेच्च अदालतमा रिट परेकाे छ ।
साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले पाेखराकी पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिलकाे कार्यबाहक अध्यक्ष नियुक्त गरेकाे छ । याे नियुक्ती पछि काउन्सिलकाे बाेर्डले बनाएकाे कार्यबाहक अध्यक्ष किशाेर श्रेष्ठ पद मुक्त भएका छन् ।
निवर्तमान अध्यक्ष किशाेर श्रेष्ठ सहितकाे काउन्सिल बाेर्डकाे तर्फबाट सरकारकाे मन्त्रिपरिषदले गरेकाे निर्णय गैरकानुनी भएकाे जिकिर गर्दै सर्बाेच्चमा रिट परेकाे हाे । साे रिट उपर बुधबार सुनुवाई हुँदैछ ।
सरकारले प्रेस काउन्सिल एनमा संशाेधन गरेर काउन्सिलकाे अध्यक्ष पद रिक्त भएमा बढीमा १ बर्षसम्मका लागि मन्त्रिपरिषदले कार्यबाहक अध्यक्ष ताेक्न सक्ने बनाएकाे छ ।
यसाे गर्दा प्रेस काउन्सिलकाे स्वतन्त्रतामा हस्तक्षेप भएकाे दावी गर्दै रिट परेकाे हाे ।
नवनियुक्त अध्यक्ष भण्डारी सपथ ग्रहण एवं पदवहाली गर्न काठमाण्डाैं गैसकेकी छन् ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया