प्रेस काउन्सिल अध्यक्ष नियुक्ती विरुद्ध सर्बाेच्चमा मुद्दा

समाधान संवाददाता २०७७ भदौ २ गते १८:२५

समाधान संवाददाता

Advertisement

प्रेस काउन्सिल नेपालकाे कार्यबाहक अध्यक्षमा सरकारले गरेकाे नियुक्तीका विरुद्ध सर्बाेच्च अदालतमा रिट परेकाे छ ।

साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले पाेखराकी पत्रकार दुर्गा भण्डारीलाई प्रेस काउन्सिलकाे कार्यबाहक अध्यक्ष नियुक्त गरेकाे छ । याे नियुक्ती पछि काउन्सिलकाे बाेर्डले बनाएकाे कार्यबाहक अध्यक्ष किशाेर श्रेष्ठ पद मुक्त भएका छन् ।

Advertisement

निवर्तमान अध्यक्ष किशाेर श्रेष्ठ सहितकाे काउन्सिल बाेर्डकाे तर्फबाट सरकारकाे मन्त्रिपरिषदले गरेकाे निर्णय गैरकानुनी भएकाे जिकिर गर्दै सर्बाेच्चमा रिट परेकाे हाे । साे रिट उपर बुधबार सुनुवाई हुँदैछ ।

सरकारले प्रेस काउन्सिल एनमा संशाेधन गरेर काउन्सिलकाे अध्यक्ष पद रिक्त भएमा बढीमा १ बर्षसम्मका लागि मन्त्रिपरिषदले कार्यबाहक अध्यक्ष ताेक्न सक्ने बनाएकाे छ ।

Advertisement

यसाे गर्दा प्रेस काउन्सिलकाे स्वतन्त्रतामा हस्तक्षेप भएकाे दावी गर्दै रिट परेकाे हाे ।

नवनियुक्त अध्यक्ष भण्डारी सपथ ग्रहण एवं पदवहाली गर्न काठमाण्डाैं गैसकेकी छन् ।

तपाईको प्रतिक्रिया