राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
समाधान संवाददाता
२०७७ भदौ २ गते १८:५०
समाधान संवाददाता
समाधान संवाददाता
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको पारिवारिक स्रोतका अनुसार मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।
१ सय १ वर्षको उमेरमा उनको निधन भएको हो ।
घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी ९शोककाव्य०, मालती मङ्गले,९गीतिनाटक०, हिमालपारि हिमालवारि ९गीतिनाटक०, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी ९गीतसङ्ग्रह०, चारु चर्चा ९निबन्ध०, आफ्नो बाँसुरी आफ्नै गीत ९निबन्ध० लगायतका कृति चर्चित छन् ।
घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।
तपाईको प्रतिक्रिया