गण्डकीका प्रमुख सचिवसँग सचिवकाे कार्यसम्पादन सम्झौता

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ३ सचिवले कार्यसम्पादन सम्झौता गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार प्रमुख सचिव नेपालसँग शासकीय सुधार तथा समन्वय महाशाखा हेर्ने सचिव रामचन्द्र ढकाल, बैठक तथा प्रशासन महाशाखाका सचिव गणेशप्रसाद पाण्डेय र कानुन तथा संवैधानिक मामला महाशाखाका सचिव दलबहादुर अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
गण्डकी प्रदेश प्रशिक्षणका कार्यकारी निर्देशक ऋषिराम पाण्डेसँग पनि प्रमुख सचिव नेपालले कार्यसम्पादन सम्झौता गरे । त्यसलगत्तै सचिवहरुले शाखा प्रमुख झलकराम सुवेदी, मुक्तिनारायण भण्डारी र रामेश्वर अर्यालसँग सम्झौता गरे ।
कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेतृत्व र अधिकार फरक विषय भए पनि कर्मचारीमा यी दुवै कुरा हुने भएकाले त्यही अनुसार कार्यसम्पादन गर्न निर्देशन गरे । सरकारको सफलता र असफलता कर्मचारीकै कार्यसम्पादनमा निर्भर रहने भएकाले त्यही अनुसार जिम्मेवारी वोध गरी काम गर्न उनले आग्रह गरे ।
व्यक्तिको नेतृत्व क्षमताले परिवर्तन सम्भव भएकाले त्यही अनुसार उत्साहपूर्ण रुपमा काम गर्न पनि मुख्यमन्त्री गुरुङले आग्रह गरे । उनले भने, ‘शासकीय सुधारका लागि प्रशासकीय नेतृत्व पनि अग्रसर हुनुपर्छ, नेतृत्व क्षमता भनेको राजनीतिकर्मी मात्र होइन कर्मचारीदेखि किसानसम्मका लागि पनि आवश्यक छ ।’
प्रमुख सचिव नेपालले यो सम्झौता केबल सम्झौताका लागि मात्र नभएर परिणामप्राप्तिका लागि भएको बताए । उनले भने, ‘अब शाखा महाशाखा प्रमुखहरुले वार्षिक रुपमा क्यालेन्डर बनाएर काम गर्नुपर्नेछ । बजेटको लक्ष्यप्राप्तिका लागि पनि हामीहरुले अब दत्तचित्त भएर काम देखाउनुपर्छ ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सबैजसोको ध्यान केन्द्रित हुने भएकाले नमुनाका रुपमा प्रस्तुत हुन पनि उनले आग्रह गरे ।
मुख्यमन्त्रीले यसअघि साउन २९ गते ६ वटै मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् । अब मन्त्रालयगत रुपमा मन्त्रीहरुले सचिवसँग र सचिवहरुले मातहतका कर्मचारीका कर्मचारीसँग कार्यसम्झौता सम्पादन गर्नेछन् ।







सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया