राष्ट्रकविको नेपाली साहित्यमा कालजयी योगदान छः मुख्यमन्त्री गुरुङ

पाेखरा, रासस ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ भएको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि दिनुभएको छ ।
गण्डकी प्रदेशको लमजुङ जिल्ला, मस्र्याङ्दी गाउँपालिकाको पुस्तुनमा विसं १९७६ असोज ७ गते घिमिरेको जन्म भएको थियो ।
आज साँझ शाेक वक्तव्य जारी गरी मुख्यमन्त्रीले उहाँको योगदान नेपाली साहित्यमा कालजयी भएको बताउनुभएको छ ।
मुख्यमन्त्री गुरुङले घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार भएको जनाउँदै सन्देशमा भन्नुभएको छ, “बाल्यावस्थादेखि निरन्तररुपमा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएका बहुप्रतिभाका धनी राष्ट्रकवि घिमिरेले साहित्यका माध्यमबाट आधुनिक नेपाली जनमानसमा राष्ट्रप्रेम र प्रकृतिप्रेमको भावना जागरण गराउन प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो ।”
मुख्यमन्त्री गुरुङले दुःखका यस क्षणमा दिवङ्गत राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार एवंं आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ भने गण्डकी प्रदेश सरकारका तर्फबाट उच्च सम्मानसमेत प्रकट गर्नुभएको छ ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया