बेनी—जोमसोम जोड्ने सडकमा पहारा काट्न सुरु
एसके थकाली
जोमसोम
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको निर्माणाधीन बेनी—जोमसोम ७६ किलोमिटर सडकमा बाढी/ पहिरो र नदी कटानले १ महिनादेखि सडक अवरुद्ध हुँदै आइरहेको छ । सडक अवरुद्धसँगै बेनी—जोमसोम यातायातको सिधा सम्पर्क बिच्छेद भएको हो ।
२८ असारमा म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर बेलिब्रिज नदीले बगाएसँगै मुस्ताङसँगको यातायात सम्पर्क टुटेको हो । यससँगै बर्खायामको मनसुनका कारण अविरल वर्षाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि मुस्ताङको जनजीवन समेत प्रभावित भइरहेको छ ।
बेनी—जोमसोम सडक बाढी÷पहिरोले क्षति पु¥याएपछि करिडोर सडकले सडक खुलाउन पहल गरिरहेको जनाएको । सडक खुलाउन निर्माण कम्पनीसँगै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिले आवश्यक सहयोग गरेको आयोजनाका सवईन्जिनीयर किरण घिमिरेले जानकारी दिए ।
करिडोरले विभिन्न निकायको सहयोगमा २७ साउनमा गलेश्वर बेलिब्रिज सञ्चालनमा ल्याएपछि अन्नपूर्ण गापा म्याग्दी र थासाङ गापाको लेते र घासा लगायत स्थानमा गएको पैहिरो पन्छयाउन पहल गरेको छ । सबइन्जिनियर घिमिरेका अनुसार करिडोरले म्याग्दीको तातोपानी, रुप्से झरना र मुस्ताङको कैकु र घोप्टे ओढारको अवरुद्ध सडक सञ्चालन ल्याउन सफल भएको जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गापाको काभ्रेभीर ट्र्याक ओपन गर्न मंगलबारदेखि रक कटिङको काम सुरु भएको सबइन्जिनियर घिमिरेले बताए । उनका अनुसार बेनी÷जोमसोम जोड्ने काभे्रभीरमा करिब ७० मिटर सडक पहिरोले भासिएको छ । त्यहाँ सडकको पुरै संरचना बगाएको र भिरोलो चट्टान छ ।
कालिगण्डकी नदीबाट सबबेस उठाउने अवस्था नरहेको र त्यहाँ रक कटिङ गर्नुपर्ने भएकाले जोमसोमस्थित बज्रदल गणको सहयोगमा ब्लास्टिङ गरेर मात्र सडक खुलाउन पहल भएको सबइन्जिनियर घिमिरेले जानकारी दिए ।
काभ्रेभीरमा रक कटिङका होल खोली ब्लास्टिङ गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङसँग अनुमति लिएको थियो । सबइन्जिनियर घिमिरेले मौसमले साथ दिए १ सातामा बेनी÷जोमसोम सिधा ट्र्याक ओपन हुने बताए ।
बेनी—जोमसोम सडक बाढी÷पहिरो र नदी कटानले अवरुद्ध भएपछि मुस्ताङमा बिरामीलाई आवश्यक उपचारमा पोखरा लैजान समस्या परेको छ भने मुस्ताङमा खाद्यान्न, पेट्रोलियम पदार्थ संकट देखा परेको छ । बाढी ÷पहिरो र नदी कटानले मुस्ताङमा विद्युत र सञ्चार सेवासमेत अवरुद्ध हँुदै आइरहेको छ ।
………
बेनी—जोमसोम जोड्ने म्याग्दीको अन्नपूर्ण गापा काभ्रेभीरमा रक कटिङ गर्दै करिडोर । तस्बिर: किरण घिमिरे ।
तपाईको प्रतिक्रिया