माधव घिमिरेकाे गीत गाएका कर्णदास भन्छन्ः दर्शन र ज्ञानभन्दा माथिको गीत

समाधान संवाददाता २०७७ भदौ ३ गते ७:४३

पाेखरा

Advertisement

राष्ट्रकवि माधवप्रासद घिमिरेर आफू ४१ वर्षकाे हुँदा मृत्युका बारेमा गीत लेखेका थिए । उतिबेलै उनले भनेका थिए – यो गीत म बितिसकेपछि मात्र बजाउनू, मलाई नसुनाउनू ।

१ सय १ वर्षमा युगपुरुष राष्ट्रकवि महाप्रस्थान गरे । साँच्चै उनले त्याे गीत सुनेनन् । जुन गीत अब लाेकले सुन्नेछ ।

Advertisement

१ असोज २०१६ मा लेखिएको यो गीत घिमिरेको ‘किन्नर किन्नरी’ पुस्तकमा छ ।

आशिष अविरलले संगीत भरेकाे याे गीतमा पाेखरेली गायक कर्णदासकाे स्वर छ।

Advertisement

राष्ट्रकवि घिमिरेका आफन्त समेत रहेकी सञ्चारकर्मी मन्दिरा ढुंगेल यो गीत संगीतकार अविरललाई उपलब्ध गराएकी थिइन् । लामाे मेहनतपछि गीत तयार गरेपछि उनले कर्णदासलाई उपलब्ध गराएकाे उनले बताएका छन् । कर्णदासले उक्त गीतकाे पारिश्रमिक पिन लिएनन् । बरु गीतमा बाजा बजाउनेहरुकाे पारिश्रमिकमा उनले लगानी गरेका छन् ।

राष्ट्रकविकाे याे गीत रेकर्ड भएकाे डेढ वर्ष भयाे ।

आशिष अविरलले राष्ट्रकविको गीतका लागि प्रस्ताव गरेपछि आफू निकै उत्सासाहित भएकाे प्रतिक्रया कर्णदासले दिएका छन् । उनले भने- उसले मलाई रफ भोकल पठायो । गीतकै लागि काठमाडौं गएँ, रेकर्ड भयो । तर, यसबीचमा उहाँ बितेर जानुभयो । भेट्न पनि पाइनँ । यो कुराले दुःखी बनाएको छ ।

६० वर्षअघि लेखेको कालजयी सिर्जनामा स्वर भर्न पाउनु भनेको उहाँसँग जुन किसिमको सामीप्यता छ, त्यसका लागि उहाँबाट पाएको आशीर्वाद हो भन्छन् कर्णदास ।

याे कुनै अहंकार, इर्श्या र द्वेष नभएकाे, दर्शन र ज्ञानभन्दा माथिको गीत भएकाे प्रतिक्रिया छ उनकाे । कर्णदासले मिडियामा भनेका छन् – स्वर्गका कुरा छन् । यसरी बिदा हुन पाऊँ भनेर लेख्नुभएको छ । यस्तो गहिरो गीत गाउन पाउनु आफूलाई भाग्यमानी ठान्छु ।

तपाईको प्रतिक्रिया