निषेधाज्ञाकाे पहिलाे दिनः पुरै ठप्प छ पाेखरा
समाधान संवाददाता
२०७७ भदौ ३ गते ७:५४
समाधान संवाददाता
पाेखरामा मंगलबार रातिदेखि ५ दिने निषेधाज्ञा जारी छ । बुधबार
निषेधाज्ञा काे पहिलाे दिन हाे । पहिलाे दिन पाेखराकाे पुरै बजार सुनसान छ ।
प्रशासनले विहान ५ बजेदेखि ८ बजेसम्म खाद्य सामाग्रीका पसल खाेल्न छुट दिएकाे भए पनि पहिलाे दिन अधिकांश पसल बन्द छन् ।
विहानकाे समय र पहिलाे दिन ग्राहक पनि नआएकाले बन्द गरेकाे खाद्य सामाग्री सञ्चालकले बताएका छन् ।
खुलेका खाद्य पसलमा पनि निकै कम भिडभाड छ ।
सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र सुरक्षा जाँच गरिरहेका छन् । करिब ६ सयकाे संख्यामा नेपाल प्रहरी परिचालन भएकाे कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए । सबैले लकडाउन पालना गरेकाले अहिलेसम्म कसैलाई कारवाही गर्न नपरेकाे उनले जानकारी दिए ।
याे पनि
कास्कीकाे निषेधाज्ञा–खाद्यान्न सामाग्रीका पसल पनि विहान बेलुका मात्रै खोल्न पाइने
सम्बन्धित
तपाईको प्रतिक्रिया