निषेधाज्ञा ताेड्दै चलेकाे जिपकाे ठक्करबाट प्रहरीकै मृत्यु

समाधान संवाददाता
पाेखरामा मंगलबार राती १२ बजेबाटै निषेधाज्ञा लागेकाे थियाे । पाेखरा महानगरपालिकाले त राती ११ बजेबाटै गाडी नचलाउन र घर बाहिर ननिस्कन भन्दै मंगलबार दिउसैबाट माइकिङ्ग गरेकाे थियाे ।
यसैकाे अवज्ञा गर्दै मंगलबार राती १ बजेपछि चलेकाे एउटा बाेलेराे जिपले ठक्कर दिँदा कार्यक्षेत्रमा खटिएका एक प्रहरी जवानकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते छन् ।
मृत्यु हुनेमा पाल्पा घर भएका र वडा प्रहरी कार्यलय बैदाममा कार्यरत प्रहरी जवान चन्द्रबहादुर बगाले छन् ।
जवान बगालेले चलाएकाे माेटर साइलाई मालेपाटनमा ग २ च २६२६ नम्बरको बोलेरो जिपले ठक्कर दिएकाे थियाे । उनकाे पछाडि बसेका हबल्दार डम्बरहादुर थारु गम्भीर घाइते छन् ।
उनीहरु रातीमा गस्ती मै हिडेकाे कास्कीका डिएसपी सुवास हमालले बताएका छन् । दुर्घटना लगत्तै दुवै जनालाई गण्डकी मेडिकल कलेजमा लगिएकाे थियाे । बगालेकाे अस्पताल मै उपचारका क्रममा मृत्यु भयाे ।
प्रहरीले जिप चालक पोखरा -५ का २३ वर्षीय विशाल केसीलाई पक्राउ गरेकाे छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया