गण्डकीमा १४ काेराेना संक्रमित थपिए
समाधान संवाददाता
२०७७ भदौ ३ गते ९:१७
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । नवलपुरका १२ र तनहुँका २ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार तनहुँको स्वाब पोखरास्थित प्रदेश क्षयरोग उपचार केन्द्र र नवलपुरको स्वाब भरतपुर अस्पतालमा परीक्षण गरिएको हो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १७७९ पुगेको छ । तीमध्ये १५५९ जना निको भएको निर्देशनालयले जनाएको छ । संक्रमितमध्ये ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका २, कास्कीका २, तनहुँ, गोरखा र बागलुङका १/१ जना छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया