पोखरामा थप ४ जनामा कोरोना पुष्टि

समाधान संवाददाता २०७७ भदौ ३ गते १०:५०

समाधान संवाददाता, पोखरा

Advertisement

पोखरामा थप ४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण देखिनेहरु पोखराका ३ वटा वडाका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय ८३ पुगेको छ । तीमध्ये १५५९ जना निको भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितमध्ये ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका २, कास्कीका २, तनहुँ, गोरखा र बागलुङका १/१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया