पोखराका २ संक्रमित मोबाइल अफ गरेर सम्पर्कविहीन

समाधान संवाददाता, पोखरा
पोखराका २ कोरोना संक्रमित सम्पर्कविहीन भएका छन् । बुधबार कोरोन पुष्टि भएका पोखरा २४ र पोखरा ४ का संक्रमितसँग सम्पर्क हुन नसकेको पोखरा महानगरपलिका स्रोतले जानकारी दिएको छ ।
‘रिपोर्ट आएपछि फोन सम्पर्क ग-र्यौं । २४ का भनिएका संक्रमितले एकपटक कुरा गरेपछि मोबाइल अफ गरे । अर्का संक्रमितको पनि मोबाइल अफ छ,’ स्रोतले भन्यो ।
दुवै संक्रमितका साथीसँग सम्पर्क गर्ने प्रयास भइरहेको स्रोतले बतायो । ‘संक्रमण पुष्टि भएकाहरुले साथीसँगै आएर स्वाब दिएको बुझिएको छ । उनीहरुसँग सम्पर्क गरेर संक्रमितको खोजी गरिरहेका छौं,’ स्रोतले भन्यो । उनीहरुले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेर स्वाब दिएका हुन् ।
पोखरामा बुधबार ४ जनामा कोरोना पुष्टि भएको छ । सम्पर्कविहीन भएका २ संक्रमितबाहेक अरु २ जना सैनिक हुन् । स्याङ्जा कारागारका ६० वर्षे कैदीमा सोमबार कोरोना पुष्टि भएको थियो । त्यसपछि दुवैलाई पोखरा ल्याइएको थियो । उनीहरु रानीपौवास्थित आर्मी हस्पिटलमा उपचाररत छन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया