हप्तामा आठ उडान गर्न अमेरिका र चीनबीच सहमति

समाधान संवाददाता २०७७ भदौ ३ गते १४:४८

वासिङ्टन, (रासस-एएनआई)

Advertisement

संयुक्तराज्य अमेरिका र चीनबीच हप्तामा आठवटा सिधा हवाई उडान सञ्चालन गर्ने बारेमा सहमति भएको छ ।

अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यका अनुसार अहिलेसम्म चारओटा मात्रै उडान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उडान गर्ने सहमति भएको हो ।

Advertisement

नयाँ सहमतिसँगै अमेरिकाबाट चीनतर्फ जाने र चीनबाट अमेरिकातर्फ आउने यात्रुहरुलाई सहज हुने विश्वास लिइएको विभागले जनाएको छ ।

कोरोनाभाइरसको महामारी र थप फैलिने त्रासका कारण विश्वभरी नै उडान सेवा अवरुद्ध हुने क्रममा यी दुई देशका बीचमा पनि उडान सेवामा कमी आएको थियो ।

Advertisement

अहिले भने आवश्यकता र परिस्थितिका आधारमा सतर्कता अपनाउँदै विस्तारै उठान सेवा बृद्धि गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया