पियूकाे भिसी माग्दै गरिएकाे अनशन स्थगित
समाधान संवाददाता
२०७७ भदौ ३ गते १५:३५

गण्डकी रासस ।
नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्तिको माग गर्दै गरेको रिले अनशन २६औँ दिनमा स्थगित गरेको छ ।
विश्वविद्यालय पदाधिकारीविहीन हुँदा यहाँका हरेक शैक्षिक गतिविधिमा असर परेको र त्यसले हजारौँ विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै नेपाल विद्यार्थी सङ्घले अनशन थालेको थियो ।
जायज मागसहित विद्यार्थीले अनशन गरे पनि सरकारले लामो समयसम्म बेवास्था गरेको नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले बताउनुभयो ।
कोरोना भाइरसको विश्वव्यापी महामारीले हामीलाई पनि असर पारिरहेको अवस्थालाई दृष्टिगत गरी अनशनको कार्यक्रम केही दिनका लागि स्थगित गरिएको उल्लेख गर्दै महामन्त्री भट्टराईले आन्दोलनका कार्यक्रम फरक किसिमबाट सञ्चालन हुने जानकारी दिनुभयो ।
सम्बन्धित









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया