बेनी–जोमसोम सडक सञ्चालनमा

समाधान संवाददाता २०७७ भदौ ३ गते १६:०२

गलेश्वर, रासस ।

Advertisement

विगत एक महिनादेखि अवरुद्ध बेनी–जोमसोम सडकको रुप्से झरनाखण्ड अस्थायी रुपमा सञ्चालनमा आएको छ । गत साउन ५ गत रुप्से झरनामा आएको बाढीले पक्की पुल र सडक बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध भएको थियो ।

अन्नपूर्ण गाउँपालिका—३ दानामा पर्ने रुप्से झरना आसपासको सडक मर्मतसँगै सवारीसाधन वारपार गर्न मिल्ने गरी अस्थायी रुपमा सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) को काम गरिरहेको शर्मा गजुरमुखी कम्पनीका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

Advertisement

“करिब दुई साताको प्रयासपछि सडक सञ्चानलमा आएको हो”, उहाँले भन्नुभयो, “चट्टानले अवरुद्ध भएको ठाउँमा विष्फोटक पर्दाथ नै प्रयोग गर्ने तयारी छ ।” सडक मर्मतको क्रममा माथिबाट ढुङ्गा खस्दा केही समस्या भएपनि तत्काल दुई पाङ्ग्रेसहित सानाठूला सवारीसाधन आवतजावत गर्न मिल्ने शेरचनले बताउनुभयो ।

उहाँका अनुसार अहिले एक महिनादेखि अवरुद्ध बेनी–जोमसोम सडकखण्डअन्र्तगत बेनी–दानासम्मको सडकखण्ड खुलेको छ । छिमेकी मुस्ताङको थासाङ गाउँपालिकासँग जोडिएको काभ्रेभिर आसपासमा मङ्गलबार विष्फोटक पदार्थको प्रयोग गरी सडक खुलाउने काम भइरहेको छ ।

Advertisement

कालिगण्डकी करिडोरका प्रमुख अशोक तिवारीसहितको टोलीले स्थलगत रुपमै बसेर सडकलाई नियमित सञ्चालन गर्ने गरी ठेकेदार कम्पनीलाई आवश्यक जनशक्ति र मेसिन प्रयोग गर्न निर्देशन दिएकाले सो सडक सञ्चालन गर्न सहज भएको बताइएको छ ।

रुप्सेमा आएको बाढीले अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनाको सौन्दर्यलाई छिया छिया पारिदिएको छ भने गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेसिन, बस र पुल बगाएको थियो । ७९ किलोमिटरको बेनी–जोमसोम सडकमा सबैभन्दा जोखिम दाना–घाँसा सडकखण्ड मानिन्छ ।

तपाईको प्रतिक्रिया