रिपोर्ट लिन पुग्दा भेटिए पोखराका सम्पर्कविहीन संक्रमित

समाधान संवाददाता २०७७ भदौ ३ गते १८:५६

समाधान संवाददाता, पोखरा

Advertisement

कोरोना पोजेटिभ देखिएपछि सम्पर्कविहीन भएका पोखराका १८ वर्षे संक्रमित भेटिएका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आफ्नो रिपोर्ट लिन पुगेका बेला उनी भेटिएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले उनी वडा नम्बर २४ का भने पनि त्यहाँका होइनन् । ‘भर्खर पोखरा आएका रहेछन् । ठेकेदारले कोरोनाको रिपोर्ट ल्याउन भनेपछि परीक्षण गराएछन्,’ पोखरा महानगरपालिका वरिष्ठ अधिकृत हरिलाल आचार्यले भने ।

Advertisement

उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसरकै आइसोलेसनमा राखिएको छ । कोरोना पोजेटिभ देखिएपछि महानगरको टिमले सम्पर्क गर्दा उनले मोबाइल अफ गरेका थिए । ३ दिन पहिले पोखरा आएका उनलाई ठेकेदारले परीक्षण गराउन भनेका थिए ।

बुधबार नै कोरोना पुष्टि भएका पोखरा ४ का पुरुष होम आइसोलेसनमा बसेको उनले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया