पोखराका १६ प्रहरीमा कोरोना देखियो
समाधान संवाददाता
२०७७ भदौ ३ गते १९:३३

समाधान संवाददाता, पोखरा
पोखरामा १६ जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ । मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका प्रहरीमा कोरोना देखिएको हो ।
संक्रमित सबै प्रहरी स्याङ्जाबाट ५ दिन पहिले पोखरा फर्किएका हुन् । ‘यहाँ प्रहरीलाई कोरोना देखिएर जिप्रका सिल भएपछि कास्कीबाट पटकपटक गरेर २५ जना प्रहरी सुरक्षाका लागि आउनुभएको थियो । यहाँबाट फर्किएपछि क्वारेन्टाइनमा बस्नुभएको हो,’ स्याङ्जाका सिडिओ गंगाबहादुर क्षेत्रीले भने ।
बुधबार साँझ नै बागलुङमा ८ जनामा कोरोना पुष्टि भएको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १८ सय १२ पुगेको छ । तीमध्ये १५ सय ६९ संक्रमित निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
सम्बन्धित







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया