स्वास्थ्य जोखिममा वृद्धाश्रमका ज्येष्ठ नागरिक

समाधान संवाददाता २०७७ भदौ ४ गते ६:२०

हरि बाँस्तोला
गण्डकी

Advertisement

पोखरा महानगरपालिका वडा नं. १७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा कोरोना संक्रमणका बीच पनि सहयोगी दाताहरुले सहयोग गर्दै आएका छन् ।

कोरोना भाइरस (कोभिड—१९) को संक्रमणको समाजका हरेक निकायहरु समस्यामा परिसरहदा त्यसको प्रभाव बृद्धाश्रममा पनि परेको थियो ।
झण्डै चार महिनाको बन्दाबन्दी र त्यस यताको संक्रमण कालीन समयमा पनि विभिन्न सहयोगी व्यक्ति र संस्थाले सहयोग जारी राखेको वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए ।

Advertisement

‘कोरोना संक्रमणबाट यहाँका ज्येष्ठ नागरिकलाई जोगाउनु चुनौतीपूर्ण छ नै, अर्कोतर्पm उनीहरुको खानपान लगायतको व्यवस्थापन अर्को चुनौती छ,’ उनले भने, ‘संक्रमणको विद्यमान अवस्थामा पनि दाताहरुको निरन्तरको सहयोगले हामीलाई ठूलै मद्दत पुगेको छ ।’

उनका अनुसार आमाबाबालाई पालन पोषण गर्न अप्ठेरो परेको अवस्थामा जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा जनस्तर तथा विभिन्न संघसंस्था र विदेशमा रहेका नेपालीबाट समेत आर्थिक एवं खाद्यान्न सहयोग रहँदै आएको छ ।

Advertisement


बन्दाबन्दीको अवसरमा आफ्नो स्वास्थ्यको समेत प्रवाह नगरि १ सय ५० विभिन्न संघसंस्था व्यक्तिबाट बृद्धाश्रमलाई सहयोग प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भने, ‘मुस्ताङबाट निर्वाचित प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट, रघु वाग्ले तनहुँमार्फत नेपाल मकाउ संगठन, नेलम्बो, पोखरा तरकारी बजार लगायतबाट नगद सहित खाद्यान्न एवं तरकारी सहयोग प्राप्त भएको थियो ।

समाजका विपन्न,असहाय एवं अशक्त ज्येष्ठ नागरिकको सहारा बन्ने उदेश्यका साथ २०५३ सालमा स्थापना गरी सञ्चालनमा आएको बृद्धाश्रममा बृद्धवृद्धा र सेवकसेवीकासहित ५५ जना रहेको सञ्चालक समिति सदस्य श्रीनाथ आचार्यले जानकारी दिए ।

घरमा आफ्ना २ जना बुबाआमालाई समेत स्याहार सुसार जस्ता सेवा पु¥याउन नसक्ने हाम्रो समाजमा विभिन्न बर्ग र समाजबाट आएको वृद्ध आमाबाबालाई पालनपोषण चुनौतीपूर्ण भएपनि सहयोगी मनहरुको सहयोगबाट वृद्धाश्रम सञ्चालन गर्न हामीलाई हौसला मिलेको उनले बताए ।

उनका अनुसार बिहान बेलुकाको २ छाक खाना तथा चिया र खाजा, सेवकसेवीको तलव तथा अन्य सरसफाई एवं उपचारमा समेत गरी मासिक एक लाख भन्दा बढी खर्च हुने गरेको छ । आश्रममा बौद्धिक अपांगता भएका ४ जना पनि छन् ।

बृद्धाश्रममा रहेका ८५ प्रतिशतले दैनिक विभिन्न रोगका औषधी सेवन गर्छन् । बन्दाबन्दीका क्रममा औषधीको समेत समस्या परेको अवस्थामा सहयोगी दाताबाट औषधी उपलव्ध भएको वृद्धाश्रमका स्वास्थ्यकर्मी शिशिरकेशव पराजुलीले जानकारी दिए ।

११ रोपनी ३ आना जग्गामा सरकारीस्तर, विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगबाट ५ करोड भन्दा बढी रुपैयाँको लागतमा आवश्यक भौतिक पूर्वाधार तयार भइसकेको छ ।


आश्रममा आश्रित अशक्त एवम् दिर्घरोगीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ मेडिक्लिनिक सञ्चालन गर्नका लागि पूर्वाधार तयर भएपनि जनशक्तिको अभावमा उचित उपयोग हुन सकेको छैन । आश्रमले एक जना नर्स सहित हप्तामा एक दिन चिकित्सक उपलव्ध गराउन सम्वन्धित निकायसँग माग गर्दै आएको छ ।

परिवारबाट अपहेली एवम् कोही आफन्त नभएका समाजका बेसहारा जेष्ठनागरिकको सहारा बनेर सरकारीस्तरबाट गर्नुपर्ने दायित्व पूरा गर्दै आएको वृद्धाश्रमले यतिखेर तीनै तहका सरकारको सहयोग हुनुपर्ने सहयोगीहरुको सामुहिक धारणा रहेको छ ।

तपाईको प्रतिक्रिया