चितवनमा नर्स सहति २६ संक्रमित
समाधान संवाददाता
२०७७ भदौ ५ गते ७:५८
समाधान संवाददाता
अस्पतालका डाक्टर नर्सलाई कोरोना संक्रमण पछि चितवनमा आतंक जस्तै माहौल बनेको छ । दुई अस्पताल सिल गरेरै सम्भावित संक्रमितको खोजी भैरहेको छ ।
यसैक्रममा विहीबार राती स्वास्थ्यकर्मीसमेतगरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये ११ जना महिला र १५ जना पुरुष छन् ।
भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना हुन्।
उनीहरूमध्ये भरतपुर महानगरपालिकाका मात्र १९ जना छन्। ती १९ जना भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीहरू हुन्।
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बिहीबार २ जना स्टाफ नर्ससहित १० जनामा संक्रमंण देखिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया