कोभिड १९ सम्बन्धी फोटो प्रतियोगितामा पोखराकी कँडेल तृतीय

समाधान संवाददाता २०७७ भदौ ५ गते १०:२९

समाधान संवाददाता, पोखरा

Advertisement

विश्व फोटोग्राफी दिवसको अवसर पारेर फोटो पसलले आयोजना गरेको कोभिड १९ फोटो प्रतियोगितामा पोखराकी फोटोपत्रकार राधिका कँडेलले तृतीय स्थान प्राप्त गरेकी छन् ।

कँडेल राष्ट्रिय समाचार समितिमा पोखरा कार्यालयकी फोटोपत्रकार हुन् । प्रतियोगितामा प्राप्त १ हजार ९ सय फोटोहरुमध्ये उत्कृष्ट ३ जनालाई पुरस्कृत गरिएको हो । जग्गुप्रसाद चौधरी प्रतियोगिताको विजेता बने । द्वितीयमा रविन कार्कीको फोटोले स्थान पायो ।

Advertisement

पोखरा ३२ मझुवामा कोरोना संक्रमित व्यक्तिको शव गाड्ने क्रममा व्यवस्थापन टोलीले सलामी दिँदै गरेको तस्बिर कँडेलले खिचेकी थिइन् ।

उक्त तस्बिर नै प्रतियोगिताको उत्कृष्ट तेस्रो स्थानमा पर्न सफल भएको हो ।
प्रतियोगितामा विजेता हुनेलाई २५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार राशी प्रदान गरिने फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले जानकारी दिए । सहभागी सबैलाई डिजिटल सर्टिफिकेट अनलाइनबाट नै पठाइने जनाएको छ ।

Advertisement

कोभिड पछि सबै उत्कृष्ट तस्बिरहरु पदर्शनी गर्ने योजनामा रहेको अध्यक्ष बस्नेतले बताए ।

साउन १ गतेबाट फोटो पसलले नेपाल र नेपाल बाहिरबाट प्रतियोगितामा फोटो पठाउन अनुरोध गरेको थियो ।

तेस्राे हुन सफल तस्बिर

तपाईको प्रतिक्रिया