मनाङमा भेटिए संक्रमित, अब गण्डकीका २ जिल्लामात्रै संक्रमणमुक्त

हाल मुस्ताङ र म्याग्दीमा एक जना पनि संक्रमित छैनन्
समाधान संवाददाता, पोखरा
मनाङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा शुक्रबार २ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
शुक्रबार कोरोना पोजेटिभ देखिएका दुवै शिक्षक हुन् । संक्रमण पुष्टि भएका ५७ वर्षे पुरुषको स्थायी घर विराटनगर हो भने अर्का ५१ वर्षका पुरुष चितवनका हुन् । संक्रमित दुवैलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको मनाङका स्वास्थ्य प्रमुख बद्रीराज आचार्यले जानकारी दिए ।
यसअघि मनाङमा ४ असारमा एक ५७ वर्षे पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । १५ असारमा उनी निको भएपछि त्यहाँ संक्रमित भेटिएका थिएनन् । हालसम्म मनाङबाट ८१ जनाको स्वाब परीक्षण गरिएको उनले बताए ।
शुक्रबार मनाङबाहेक नवलपुर र बागलुङमा संक्रमित भेटिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरका १८ र बागलुङका १ जनामा संक्रमण देखिएको हो । हाल मुस्ताङ र म्याग्दीमा एक जना पनि संक्रमित छैनन् ।
गण्डकी प्रदेशमा हालसम्म १८ सय ४४ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १५ सय ७५ जना निको भएका छन् भने ७ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका २, स्याङ्जाका २, बागलुङ, गोरखा र तनहुँका १÷१ जना छन् ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया