नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो
समाधान संवाददाता
२०७७ भदौ ५ गते १६:३१
समाधान संवाददाता
नेपालमा थप ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा थप २ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार २ सय १४ उपचारपछि निको भएका छन्।
हालसम्म १ सय ३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया