एकै दिन ११ जनाकाे मृत्यु, नेपालमा काेराेना सङ्क्रमितकाे मृत्युदर बढ्दै

समाधान संवाददाता २०७७ भदौ ५ गते १७:१४

समाधान स‌वाददाता

Advertisement

नेपालका काेराेना भाइरसकाकारण ज्यान गुमाउने दर बढ्दै गएकाे छ । पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

Advertisement

२४ घण्टा यता माेरङ, पर्सा, बारा, काठमाडाैँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दाेलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ।

Advertisement

तपाईको प्रतिक्रिया