पर्वत र लमजुङमा नदीले बगाएर २ बेपत्ता
समाधान संवाददाता
२०७७ भदौ ५ गते १७:२१

पाेखरा
गण्डकी प्रदेशअन्तर्गत पर्वत र लमजुङ जिल्लामा दुई जना बेपत्ता भएका छन् ।
पर्वतको बिहादी गाउँपालिका—४ का ४२ वर्षीय बिष्णुप्रसाद भुषाल आफ्नै घरदेखि तीन किलोमिटर टाढा काली गण्डकी नदी किनारमा आफूले लगाएको टिसर्ट, कट्टु र मोबाइल राखी बेपत्ता भएको जानकारी प्राप्त भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार दिउँसो अन्दाजी १ः०० बजे उक्त घटना घटेको हो । त्यस्तै बिहीबार लमजुङको राईनस नगरपालिका—७ बाङ्ग्रेचोरको ओख्ले सागो नजिक चेपे नदीमा बाटोमा हिड्ने क्रममा अर्घाखाँची सन्धीखर्क घर भई मध्यपहाडी लोकमार्गको टिप्परको चालकको रुपमा काम गर्दै आएका २१ वर्षीय अनिल खड्का चिप्लिन गई चेपे नदीले बगाएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेपत्ता दुबै जनाको खोजतलास भैरहेको छ । रासस
सम्बन्धित








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया