कोरोना महामारी २ वर्षभित्र नियन्त्रणमा आउने डब्लुएचओकाे दाबी
समाधान संवाददाता
२०७७ भदौ ६ गते ७:०४
एजेन्सी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख डा. टेड्रोस घेब्रेयेससले २ वर्षभन्दा कम समयमै विश्वबाट कोरोना भाइरसको महामारी नियन्त्रणमा आउने बताएका छन्।
सन् १९१८ को स्पेनिस फ्लुको तुलनामा कोरोना भाइरसको महामारी चाँडै नियन्त्रणमा लिन सकिने उनको भनाइ छ।
उनले विश्वव्यापीकरण र पूरै विश्वबीच सम्पर्क भएका कारण कोभिड–१९ को संक्रमण विश्वमा तीब्र गतिमा फैलिए पनि उच्च प्रविधिका कारण यसलाई स्पेनिस फ्लुको तुलनामा चाँडै नियन्त्रणमा लिन सकिने उनले बताए।
फेब्रुअरी १९१८ देखि अप्रिल १९२० सम्मको स्पेनिस फ्लुका कारण विश्वभर २ करोड मानिसको मृत्यु भएको थियो।
सम्बन्धित
तपाईको प्रतिक्रिया